काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ४ सय र चाँदीको मूल्य ३० रूपैयाँले बढेको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९९ हजार ७ सय, तेजावी सुन ९९ हजार २ सय र चाँदीको मूल्य १ हजार ३८० तोकिएको छ । बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको थियो । बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९९ हजार ३ सय, तेजाबी सुनको मूल्य ९८ हजार ८ सय र चाँदीको १ हजार ३५० रुपैयाँ तोकिएको थियो ।