काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनरल सर्जरी विभागमा आवासीय चिकित्सकका रूपमा कार्यरत २५ वर्षीय डा. किरण श्रेष्ठको बुधबार बिहान हृदयाघातका कारण मृत्यु भएको छ ।
उनी बुधबार बिहान डिउटीमा थिए । बिरामीको शल्यक्रिया सकिएपश्चात् अस्वस्थ भएका थिए । त्यसपछि उनलाई आवासमा लगिएको थियो । लगत्तै बेहोस भएका डा. श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बुधबार नै मृत घोषणा गरेको हो ।
पाँचथरका उनी प्रतिष्ठानमा एमएस प्रथम वर्षमा अध्ययनरत थिए । डा. श्रेष्ठको मृत्युपछि रेजिडेन्ट चिकित्सकहरूको डिउटी आवर लगातार २६ घण्टासम्म पनि भएको, आराम गर्न नपाएको र सेवा सुविधामा पनि विभेद गरिएको भन्दै प्रतिष्ठानका आवासीय चिकित्सकहरू आक्रोशित बनेका छन् ।