एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं। नेकपा एमालेले आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अर्को बैठकको मिति र समयबारे छलफल भइरहेको भन्दै निश्चित भएपछि जानकारी दिने बताए ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरुको सूची मागेपछि त्यसबारे निर्णय गर्न एमालेले आज बैठक बोलाएको थियो । आयोगले दलहरुलाई भोलि शनिबारसम्म नाम बुझाउन भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *