एकीकृत समाजवादीले प्रदेशतर्फ पाएको ९ सांसदको नाम टुंग्यायो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रदेशतर्फ पाएको ९ सांसदको टुङ्गो लगाएको छ । राष्ट्रिय दल बन्न नसके पनि एकीकृत समाजवादीले प्रदेशतर्फ भने ९ सिट जितेको छ । जसमा  प्रदेश १ मा विद्या चाम्लिङ, मधेस प्रदेशमा धनुषाका रत्नेश्वर गोइत, रौतहटका  किशोरी देवी र बाराका लक्ष्मीदेवी चयन भएका छन् ।

यस्तै वाग्मती प्रदेशमा काठमाडौंका ओमकुमारी श्रेष्ठ र धादिङका मायादेवी श्रेष्ठ, लुम्बिनी प्रदेशमा भगवती अधिकारी घिमिरे, कर्णालीमा कल्याणी खड्का र सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरका माया पन्तको नाम टुङ्गो लगाएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *