देशले राजनीतिक दलहरूबीच साझा सहमति खोजेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आमनिर्वाचनपछि देशले राजनीतिक दलहरूबीच साझा सहमति खोजेको बताउनुभएको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आयोजना गरेको बधाई, शुभकामना तथा चियापान कार्यक्रममा अध्यक्ष नेपालले नेताहरू अब जनताप्रति बफादार भएर लाग्नुपर्ने औल्याउनुभयो । उहाँले जितेर आएका नेताले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न इमान्दार र बफादार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।     

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्ने उहाँको जोड छ । अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरूको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्न जोड दिनुभयो । 

कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका सभापति दुर्लभ थापाले अहिलेको आवश्यकता सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि देशमा स्थायित्व दिन सक्ने, समृद्धिका लागि कहीँ, कतै अलमल नगरी अगाडि बढ्ने सरकार निर्माण गर्नुपर्ने बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *