बर्दिबासमा तीन वटा पसलमा चोरी

महोत्तरी । महोत्तरीको बर्दिबासमा तीन वटा पसलमा चोरी भएको छ ।  गएराति बर्दिबासस्थित पञ्चधुरा मसला मिल तथा महादेव जेनरल किराना पसल, खडका सप्लायर्स कोल्ड र आराध्य अटो मोटर पार्टस एण्ड सर्भिसेज सेन्टरबाट  चोरी भएको हो ।

खडका सप्लायर्स कोल्ड स्टोरवाट समान र नगद गरी झण्डै ७० हजार, पंचधुरा मसला मिल तथा माहादेव जेनेरल स्टोरवाट सामान र नगद गरी  झण्डै १ लाख वरावरको चोरी भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ  ।

त्यसैगरी आराध्या मोटर पार्टसबाट  सामान र नगद गरी २ हजार बराबरको चोरी भएको उक्त मोटर पार्टसका संचालक बिक्रम थापाले जानकारी दिए ।

आराध्य मोटर पार्टस र खडका सप्लायर्स कोल्ड स्टोर सगैँ जोडिएका छन । खडका सप्ल्यार्स कोल्ड स्टोरमा पुग्न नै आराध्या मोटर पार्टसको सटर प्रयोग गरेको पाइएको छ ।

आराध्या मोटर पार्टसबाट मान्छे छिर्न सक्ने प्वाल बनाएर आफ्नो पसलमा चोरी गरेको खडका सप्ल्यार्स कोल्ड स्टोरका संचालक सुरज खडकाले बताउनुभयो ।

प्रहरीले संका लागेका केही ब्यक्तीहरुलाइ निगरानी वढाएको छ । पिडितहरुले संका गरेका केही व्यक्तिहरुलाई निगरानी बढाइएको इलाका प्रहरी  कार्यालय गौरिडाडाले जनाएको छ ।

प्रहरीको अनुसार पंचधुरा मसला मिल तथा माहादेव जेनरल किराना पसलको छानोको जस्ता उखलेर चोर भित्र पसेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *