विजेता फ्रान्ससहित चार टोली विश्वकपको अन्तिम चारमा

काठमाडौं । कतार विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।

कतार विश्वकपमा साविक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्। कतार विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल मंगलबार राति हुनेछ।

क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्स र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्। यस्तै, दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। यो खेल बुधबार राति हुनेछ। फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मोरक्कोले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *