संसद् सचिवालयले सर्वोच्चलाई पठायो जवाफ

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निलम्बनको फुकुवासम्बन्धी पत्रबारे संघीय संसद् सचिवालयले आइतवार सर्वोच्च अदालतलाई जवाफ पठाएको छ । संसद्का महासचिव डा. भरतराज गौतमले आइतवार सर्वोच्चलाई लिखित जवाफ पठाएका हुन् । संसद् सचिवालयका एक अधिकारीले आइतवार नै जवाफ पठाइएको जानकारी दिए । जवाफको व्यहोरा भने खुलाइएको छैन । गौतमले चोलेन्द्रलाई निलम्बन फुकुवाको पत्र दिएपछि मंसिर २१ गते सर्वोच्च अदालतको फुलकोर्ट बैठकले सचिवालयसँग जवाफ माग गरेको थियो ।

२३ गते सर्वोच्चले निलम्बन फुकुवासम्बन्धी पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । हुँदै नभएको अधिकार प्रयोग गरेर चोलेन्द्रको निलम्बन फुकुवा गरेको भन्दै संसद्मा महासचिव गौतम विवादमा तानिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *