अभियुक्तलाई उन्मुक्तिको तयारी !

काठमाडौं । नयाँ सरकार गठनमा अंकगणित पुर्‍याउनका लागि सरकारले नै अभियुक्तलाई उन्मुक्ति दिने तयारी गरेको भन्दै सर्वत्र विरोध भएको छ ।

कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका रेशम चौधरीलाई उन्मुक्ति दिनकै लागि विद्रोहीहरूलाई आममाफी दिने प्रावधान भएको अध्यादेश ल्याउने मन्त्रीपरिषद्को निर्णयको सर्वत्र विरोध भएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटनामा जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका ‘संरक्षक’ रेशम चौधरी र मधेसमा पकड बनाउँदै गरेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको मुद्दा फिर्ता गर्न सहज हुने गरी मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us