काठमाडाैं । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची नसच्याउने निर्णय पुनरवलोकन गर्न नेकपा एमालेलाई आज पत्र पठाएको छ । आयोगले आज दिउँसो ३ बजेसम्मको समय दिएर सो निर्णय पुनरवोलकन गर्न पत्र पठाएको हो ।
शनिबार बुझाएको समानुपातिक सांसदको सूचीमा प्रदेशसभातर्फ तीनवटा त्रुटि रहेको भन्दै सच्याउन आयोगले एमालेलाई पत्र पठाएको थियो । त्यसपछि आयोगले सो निर्णय पुनरवलोकन गर्न भन्दै पत्र पठाएको हो ।
एमालेले प्रदेश १ मा पाएको १५ वटा समानुपातिक सिटमा अल्पसंख्यक कोटामा ३ जनाको नाम सिफारिस गर्नुपर्ने थियो । जसमा एमालेले जनजाती पुरुषबाट झापाका नम्बरलाल धिमाललाई पठाएको छ ।
सूचीअनुसार अल्पसंख्यक कोटामा धिमाल र दनुवार पछि एमालेले सुनसरीकी यशोदा कायस्थलाई पठाउनु पर्ने थियो । तर, उनीभन्दा पछिल्लो क्रममा रहेकी जिमीको नाम एमालेले पठाएको हो । एमालेको बन्दसूचीमा जनजाति महिलामा जिमीको १९ नम्बर क्रमसंख्या हुँदा कायस्थको १८ नम्बर रहेको छ । यस्तै अल्पसंख्यक तर्फपनि कायस्थको २ र जिमीको ३ नम्बरमा रहेको छ ।