‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा पार्टीले भाग नलिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा पार्टीले भाग नलिने भएको छ ।

आगामी वैशाख ३० मा हुने स्थानीय निवाचन बहिष्कार पनि नगर्ने पक्षमा नेपाल कम्युनिष्ट पार्टी छ । कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचनलाई उपयोग गरेर जानुपर्ने प्रस्तावमाथि व्यापक छलफल भएको थियो ।

महासचिव विप्लवको उक्त प्रस्तावमाथि छलफल हुँदा तत्काल पार्टी नै संस्थागत रूपमा निर्वाचनमा भाग नदिने निर्णयसहित विप्लवको प्रस्ताव परिमार्जन गर्दै अनुमोदन गरिएको बताइएको छ । निवाचनको उपयोग गर्नुपर्ने विप्लवको प्रस्तावमा मतभिन्नता देखिएपछि यस्तो निर्णयमा पुगिएको ती नेता बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us