आज नेप्सेमा ओरालो

काठमाडौं । सेयरबजार फेरि ओरालो लागेको छ। बजार परिसूचक नेप्से २.५७ अंकले घटेर १८९९.७० विन्दुमा खुम्चिएको हो।मंगलबार २४८ कम्पनीको कारोबार भएकामा २० लाख कित्ता मात्रै खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। १६ हजार ३ सय २० पटकको खरिदबिक्रीमा ७७ करोड ७० लाखको सेयर किनबेच भएको हो।

योसँगै कुल बजार पुँजीकरण २७ खर्बमा झरेको छ भने बजारमा तरलता ११ खर्बमा खुम्चिएको छ।साताको तेस्रो कारोबार दिन ९० कम्पनीको सेयर बढे पनि १०४ कम्पनीको घटेको छ। आज सीवाईसी लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन्। यो आजको सर्वाधिक कमाइ हो। लगानीकर्ताले आज ३.२९ प्रतिशतसम्म गुमाउँदा नबिल बैंकको ७ करोडको सेयर किनबेच भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us