काठमाडौं । निर्वाचन सकिए लगत्तै प्रदेश तथा संघीय सरकार निर्माणमा प्रदेश नम्बर १ बाहेकका सबै प्रदेशमा गठबन्धनलाई सरकार निर्माणमा सहजता देखिएको छ ।
सातवटै प्रदेशमा कुनै दलको एकल बहुमत नभए पनि ५ वटा प्रदेशमा वर्तमान सत्ता गठबन्धनलाई बहुमत पुर्याउन सहजता देखिएको हो ।
बागमती प्रदेशमा सत्ता गठबन्धनसँग सरकार बनाउन सुविधाजनक बहुमत छ । १ सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ । यहाँ कांग्रेससँग ३७, माओवादी केन्द्रसँग २१ र एकीकृत समाजवादीसँग ७ गरी ६५ जना सांसद छन् । त्यसैगरी, एमालेसँग २७, राप्रपासँग १३, नेमकिपासँग ३ र हाम्रो पार्टीसँग २ सांसद छन् ।