कफी पिउँदा मुटु जोगाउन सहयोग

काठमाडौं। कफी पिउँदा मुटु रोग नलाग्नुको साथै मुटु जोगाउन पनि सहयोग गर्ने एउटा अध्ययनले देखाएको छ। कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो।

अनुसन्धानका अनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले मुटुसम्बन्धी रोग, हृदयाघात वा मुटुसम्बन्धी समस्या वा कुनै पनि कारणले चाँडो मृत्यु हुने खतरा १० प्रतिशत देखि १५ प्रतिशतसम्म कम हुन्छ।

अध्ययन समूहका वरिष्ठ लेखक डा. पिटर एम किस्लरले एउटा विज्ञप्तिमा भनेका छन्, ‘ कफीले मुटुको धड्कन तीव्र पार्ने हुनाले यो पिउँदा मुटुसम्बन्धी समस्याहरू निम्तिन सक्ने भन्दै कोही चिन्तित छन्। कफी पिउन बन्द गर्ने सामान्य चिकित्सा सल्लाह यहीँबाट आउन सक्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us