काठमाडौं उपत्यकामा अझै वितरण भएन मेलम्चीको पानी

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं उपत्यकाका लागि ल्याइएको ३ करोड ५० लिटर खानेपानी काठमाडौं उपत्यकामा अझै वितरण भएको छैन ।

मेलम्चीको पानी सुरुङमार्ग हुँदै तेस्रोपटक राजधानी आएको ८ दिनसम्म सबै वितरण हुन नसकेको हो । गत १८ मंसिरमा मेलम्ची खोलाको १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो । यसको ६ दिनपछि अर्थात् २३ मंसिरदेखि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो । पानी वितरण सुरु भएको ८ दिनमा पनि पुरै पानी राजधानीबासीलाई वितरण हुन सकेको छैन ।

६ महिनासम्म बन्द रहेको वितरण सञ्जालमा आएको समस्याका कारण पुरै पानी वितरण गर्न नसकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । मेलम्ची खोलाबाट २६.५ किलोमिटर सुरुङमा हाली सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइएको १७ करोड ५० लाख लिटरमध्ये हाल १४ करोड लिटर पानीमात्र राजधानीमा वितरण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *