काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार तोलामा सुन ६ सय रुपैयाँले बढेको छ। यस्तै चाँदी तोलामा १० रुपैयाँले बढेको छ।
सुनको मूल्य आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ। शुक्रबार तोलामा सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ थियो।
यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ८० रुपैयाँ छ। अस्ति शुक्रबार तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भएको थियो।