काठमाडौं। सरकारले यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशैभरका १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गर्ने भएको छ । यी उमेर समूहका बालबालिकाको संख्या करिब ७५ लाख रहेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले खोप लगाउने निश्चिात मिति र स्थानको बारेमा जानकारी लिन स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
महाशाखाका अनुसार यो अभियान पश्चात नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गरिने र १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिनेछ ।