निर्वाचनमा सहभागि नहुने विप्लव नेकपाको निर्णय

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय चुनावमा सहभागि नहुने निर्णय गरेको छ ।

कपिलवस्तुमा जारी केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले पेश गरेको स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने प्रतिवेदन पारित गर्दै निर्वाचन बहिष्कार पनि नगर्ने रणनीति लिएको छ ।

चुनावमा जानुपर्ने नेतृत्वको प्रस्ताव भएपनि अधिकांश नेताहरू विपक्षमा पुगेपछि निर्वाचनमा सहभागि नहुने निर्णय गरेको एक केन्द्रीय नेताले जनाएका छन् ।ती नेताका अनुसार नेकपाको ६९ सदस्यीय केन्द्रीय समितिमा ४४ जना विप्लवको विपक्षमा देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us