कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक बिहान ८ बजेदेखि बसिरहेको छ । काठमाडौंको एक होटलमा शुरु भएको बैठकमा कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध को उठ्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

संस्थापन इत्तरबाट महामन्त्री गगनकुमार थापा र नेता डा शेखर कोइरालाले उम्मेदवारीमा दाबी गर्नुभएको छ । दुवै नेता आ आफ्नो अडानमा रहेकोले सहमति जुटाउन इत्तरपक्षलाई सकस भइरहेको छ । संसदीय दलको निर्वाचनका लागि आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको छ । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *