काठमाडौं । पूर्व पर्यटन तथा वनमन्त्री एवम् नेकपा एसका सांसद प्रेम आलेलाई मातृ शोक परेको छ ।
उहाँकी आमा गंगादेवीको ७९ वर्षको उमेरमा सोमवार निधन भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो। उपचारका क्रममा निधन भएको गंगादेवीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।