कांग्रेस संस्थापन इत्तर समूहबाट संसदीय दलको नेतामा गगनकुमार थापाले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इत्तर समूहबाट महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुहुने भएको छ । मंगलबार होटल एम्बेस्डरमा बसेको इतर समूहको बैठकमा महामन्त्री थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिनुहुने सहमति भएको हो ।

इतर समूहबाट डा शेखर कोइरालाले महामन्त्री थापाको नाम प्रस्ताव गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए । सहमति अनुसार यही पाँच वर्षमा फेरि संसदीय दलको चुनाव हुने भएमा शेखरलाई गगनले छोड्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *