टिप्परको ठक्करबाट १२ वर्षीया किशोरीको मृत्यु

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग सप्तरीको रुपनीमा टिप्परको ठक्करबाट एक १२ वर्षीया किशोरी रिताकुमारी यादवको मृत्यु भएको छ।

घटनापछि मृतक किशोरीका परिवार र आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्। चक्काजामसहित प्रदर्शन बढेपछि अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेपछि स्थिति थप तनावग्रस्त बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *