नेप्से १४.२२ अङ्कले बढ्यो

काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार दोहोरो अङ्क १४ दशमलव २२ले बढेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स होटल र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ५७ वटा कम्पनीको ३० लाख २२ हजार कित्ता शेयर ९३ करोड आठ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको छ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सृजनशील लघुवित्त, आँधीखोला लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर आज सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *