एमाले संसदीय दलको नेतामा ओली चयन

काठमाडौं । नेकपा एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली चयन हुनुभएको छ । 

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुभास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको हो ।

एमाले ७८ सिटसहित प्रतिनिधिसभामा दोस्रो पार्टीको रूपमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us