काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गर्नुभएको छ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नुभएका थापा ३९ मतान्तरले पराजित हुनुभएको छ । निर्वाचन परिणामपछि सञ्चारकर्मीसँग कुरा गर्दे थापाले सरकारमा नजाने घोषणा गर्नुभएको हो ।
थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने तर आफू सरकारमा नजाने बताउनुभयो ।परिणाम अप्रत्यासित भएको उहाँको भनाइ थियो ।