राष्ट्रपतिद्वारा जबरालाई प्रतिनिधि सभा ज्येष्ठ सदस्यको शपथ

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले राष्ट्रपतिबाट प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको शपथ लिनुभएको छ।

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्यको रुपमा सपथ खुवाउनु भएको हो।

अब प्रतिनिधि सभाका सदस्यहरुको शपथ जबराले खुवाउनु हुने छ। प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य ९सांसद०हरुको शपथ बिहीबार हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ। प्रतिनिधि सभाको ज्येष्ठ सदस्यका रुपमा राष्ट्रपतिबाट शपथ लिनुधएका जबराले सभामुख चयन नहुँदासम्म संसद्‌ बैठकको अध्यक्षता तथा बैठक सञ्चालन गर्नुहुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *