जेष्ठ सदस्य राणाद्वारा संसद बैठक आवह्वान

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रुपमा राप्रपा नेता पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

उहाँले भोलि बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ । यसअघि जेष्ठ सदस्य राणाले बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ ।  बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *