काठमाडौं। आज सूचक र कारोबार रकम दुवै घट्नु साथै सेयर बजारले लगानीकर्तालाई फेरि निराश बनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३०.४३ अंकले र सेन्सिटिभ सूचक ५.३० अंकले घटेको हो।
आज २ सय ३१ सेयर कारोबारमा सामेल भएकामा ४९ लाख ५८ हजार कित्ता बिक्री भएको छ। दिनभरिमा ४२ हजार ७ सय १२ पटकको खरिदबिक्रीमा २ अर्ब ५४ करोडको कारोबार भएको हो।
आज १३ वटै उपसूचक राताम्य छन्। इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्तका सेयरधनीले कमाए पनि अन्य लगानीकर्ता निराश छन्। लगानीकर्ताले आज ४.८२ प्रतिशत गुमाउनुपरेको छ।