सत्तागठबन्धन भत्काउने रणनीतिमा एमाले

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बिहीबारको बैठकले असफल हुँदै गएको अर्थतन्त्र, राजनीतिक अस्थिरता र अराजकताबाट मुलुकलाई जोगाउन गठबन्धन भत्किन आवश्यक रहेको निष्कर्ष निकालेको छ । सत्तारूढ गठबन्धनलाई नै निरन्तरता दिने गरी सत्तापक्षीय दलहरू शक्ति बा“डफा“डमा केन्द्रित रहेका वेला एमालेले वैकल्पिक गठबन्धनका लागि अग्रसरता लिएको संकेत दिएको हो ।

अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रपति कार्यालयदेखि संसद् भवनसम्मका दुई दिनयताका अनौपचारिक संवाद चर्चामै रहेका वेला एमालेको पछिल्लो निर्णय अर्थपूर्ण छ । यद्यपि, बैठकमा ओलीले अहिलेकै गठबन्धनले निरन्तरता पाउने कि नपाउने अनिश्चित रहेकै अवस्थामा एमालेले वैकल्पिक गठबन्धनका लागि पहल गरेको खबर भ्रमपूर्ण भएको सुनाएका थिए ।

नवनिर्वाचित सांसदहरूको शपथग्रहणअघि ओलीनिवास बालकोटमा बसेको बैठकमा ओलीले अहिलेकै गठबन्धन कायम रहे मुलुक असफल राष्ट्र बन्ने जोखिमतिर लम्किएको दाबी गर्दै स्थिरताका लागि आवश्यक भूमिका खेल्नुपर्ने बताएका थिए । ‘अहिलेको गठबन्धन कायम रहे मुलुक असफल राष्ट्र बन्न सक्छ । चुनावी परिणामबाट कुनै दलको पनि बहुमत नआएको, गठबन्धनको पनि बहुमत नपुगेकाले राजनीतिक अस्थिरताको जोखिम छ, हाम्रा सांस्कृतिक, सामाजिक मूल्य–मान्यताहरू स्खलित भएर अराजकता जन्मिँदै छ, त्यसैले स्थिरताका लागि हामीले आवश्यकता पर्दा भूमिका खेल्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।

उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन वर्तमान गठबन्धन टुट्नुपर्ने निष्कर्ष निकालिए पनि अहिल्यै स्थिर सरकार बन्ने आधार तयार नभएकाले एमाले दुई–चार दिन पर्ख र हेरकै नीतिमा रहेको प्रस्ट्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us