नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल ५ दिने भ्रमणका लागि टर्की प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल ५ दिने भ्रमणका लागि टर्की प्रस्थान गर्नुभएको छ । टर्कीको अंकारामा आयोजना हुने ‘इको क्लाईमेट कन्फ्रेस’ मा सहभागी हुन अध्यक्ष नेपाल त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

अध्यक्ष नेपाल टर्कीस एयरलाइन्सको उडानबाट इस्तानबुल हुँदै अंकरातर्फ प्रस्थान गर्नुभएको छ । कन्फ्रेन्समा सहभागी हुनु जानुभएका अध्यक्ष नेपालले मार्च २९ र ३१ सम्म हुने समिटमा कि नोट स्पिकरका रुपमा सम्बोधन गर्नुहुने उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । उहाँ आगामी चैत्र १९ गते स्वदेश फिर्ता हुने पनि सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us