अपि पावर कम्पनीले आगामी चैत २५ गतेदेखि १ अर्ब ८ करोड रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्दै

काठमाडौं । अपि पावर कम्पनीले दोस्रो बजारमा कम्पनीको सेयर मूल्य निकै कम हुनु अस्वभाविक भएको बताएको छ । उच्च प्रतिफलका वाबजुद कम्पनीको बजारमा मूल्य अन्यको भन्दा निकै कम भएको कम्पनीको दाबी छ ।

आफूहरू निरन्तर हकप्रद र उच्च लाभांश दिइरहँदा पनि मूल्य कम भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कम्पनीले चैत २५ गतेदेखि १ अर्ब ८ करोड रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्दैछ । यसबाट पुँजी थपिएर कम्पनीको सेयर पुँजी ३ अर्ब ८४ करोड ४९ लाख रूपैयाँ पुग्नेछ भने वार्षिक आम्दानी २ अर्ब १० करोड रूपैयाँ हुने बताइएको छ । यसबाट हेर्दा भविष्यमा उच्च दरमा लाभांश दिने कम्पनीको जिकिर छ । कम्पनीले यसअघि पनि २ पल्ट हकप्रद जारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us