रोल्पा अब विकास र समृद्धिको किल्ला बन्नुपर्छ : पुष्पकमल दाहाल

राेल्पा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रोल्पामा आफूलाई अप्ठेरो भर्दा सधैँ रोल्पा सम्झने गरेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री प्रचण्डले रोल्पा सदरमुकाम लिवाङमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, “विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आई नयाँ ऊर्जा लिएर फर्कन्थे ।”

पछिल्लो राजनैतिक परिवर्तनमा रोल्पाको ठूलो योगदान रहेको दाहालले स्मरण गर्नुभयो । “हिजो क्रान्तिको किल्ला रहेको रोल्पा अब विकास र समृद्धिको किल्ला बन्नुपर्छ”, प्रचण्डले भन्नुभयो । चक्रेश्वरी/ब्राइट जेभी काठमाडौँले ठेक्का लिएको टावर निर्माणको काम गत असारमा सम्पन्न गर्ने सम्झौता भए पनि समयमा नसकिएपछि म्याद थपिएको थियो । ११२ फिट अग्लो यो टावरको कूल ठेक्का रकम (भेरियशनसमेत) चार करोड ७६ लाख ८७ हजार ६६५ रहेको नगरपालिकाको भनाइ छ ।

जनसभालाई सम्बोधन गर्नुपूर्व आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आफूहरू एक्लै निर्वाचनमा होमिने गरी तयारी गरिरहेको बताउनुभयो । “गठबन्धनको बलमा हैन ताकतमा चुनावमा जाने हो”, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री दाहालले रोल्पा नगरपालिकाले सातदोबाटोमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यू टावरको उद्घाटन गर्नुभएको थियो । भ्यू टावर उद्घाटनका क्रममा दाहालले रोल्पाले विकासको नयाँ मोडेल दिनुपर्ने बताउनुभयो । “रोल्पाले ध्वंश मात्र हैन निर्माण पनि गर्छ भनेर जवाफ दिनुपर्ने बेला आएको छ”, दाहालले भन्नुभयो ।

दाहालले भ्यू टावरको दशौँ तला चढरे रोल्पा र प्यूठानका विभिन्न भूभागको दृश्यावलोकनसमेत गर्नुभएको थियो । विसं दुई हजार ५५ मिटर उचाइमा रहेको रोल्पा नगरपालिका–३ सातदोबाटोस्थित चुच्चे डाँडोमा भ्यू टावर बनाइँदैछ । माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाले आयोजना गरेको जनसभामा प्रमुख अतिथि रहनुभएका दाहालले दशवर्षे सशस्त्र युद्धको स्मरण गर्नुभएको हो । सशस्त्र युद्धलाई नयाँ उचाइ दिन रोल्पा र रुकुमले आधार इलाकाका रूपमा महत्वपूर्ण भूमिका खेलेको दाहालको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us