काठमाडौं। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएको छ । स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज समेत रहनुभएका भट्ट दलको नेतामा चयन हुनुभएको हो ।
शनिबारको बैठकमा सहमति नभएपछि पुनः आइतबार बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ ।