सरकार गठनका लागि सात दिनको समय

काठमाडौं । प्रदेश नम्बर १ का प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरुलाई सरकार गठनका लागि आव्हान गर्दै सात दिनको समय दिनुभएको छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख खापुङले आव्हान गर्नुभएको हो ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २४ गते आइतबार बेलुकी पाँच बजेसम्मको समय प्रदेश प्रमुखले दिनुभएको हो । ‘प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आव्हान भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच केन्द्रमा गठबन्धन भएका कारण प्रदेशमा पनि सोही गठबन्धनको सरकार बन्दैछ। एमाले र माओवादी दुबैले सरकारको नेतृत्व दाबी गरिरहेका छन् । भागबन्डामा एमालेको भागमा परे हिक्मत कार्की प्रदेशको मुख्यमन्त्री बन्नुहुनेछ । माओवादीले इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us