आजदेखि सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा आजदेखि सुरु हुँदै छ । प्रदेश सभाको पहिलो बैठक दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) र राप्रपा गरी ६ दलको प्रतिनिधित्व भएको छ ।

यसैगरी, एक जना स्वतन्त्रबाट निर्वाचित प्रदेश सदस्यको प्रतिनिधित्व भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us