इटहरीमा बम विस्फोट

काठमाडौं। इटहरीको नवजाग्रित टोलमा आज राति दुई बजे बम विस्फोट हुँदा दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार भएको विस्फोटका कारण २२ वर्षका रविन थापा र २३ वर्षका शेरजंग गुरुङ घाइते भएका हुन् ।

थापाको विराटनगर आँखा अस्पताल र गुरुङको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । इटहरीका डिएसपी खगेन्द्र खड्काले घाइते दुवैको अवस्था सामान्य रहेको बताउनु भयो ।

डिएसपी खड्काले कुन प्रकृतिको बम हो भन्ने बारेमा थप अनुसन्धान आवश्यक भएको बताए । घटनास्थलबाट ‘हिमाल सुरक्षा परिषद् नेपाल’को पर्चा भेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us