शीतलहरबाट जनतालाई जोगाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध तरिकाले लाग्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। उहाँले सोमबार देशभरका प्रजिअहरूलाई भर्चुअल माध्यमबाट यस्तो निर्देशन दिनुभएको हो।

केहीदिन यता देशका विभिन्न ठाउँमा चिसोका कारण नागरिकको ज्यान गएका घटनाहरूप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै उहाँले यसप्रति सजग हुन र जनगुनासो नआउने ढंगले काम गर्न सबै सिडिओलाई उहाँले निर्देशन दिनुभएको हो।

चिसो देशभर क्रमिक रूपमा बढ्दै छ। देशका हिमाली भेगमा हिमपातका कारण जनजीवन प्रभावित बन्दै गएको छ भने पहाडी तथा तराईमा हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुँदै गएको छ। तराईका अधिकांश भेगमा चिसोका कारण विभिन्न रोग लाग्ने तथा ज्यानै जाने भएपछि विद्यालयहरू समेत बन्द हुन थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *