काठमाडौं। लगातार दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा १७ अंकको वृद्धि भएको छ । आइतबार १७ अंकले बढ्दै २०४६ विन्दुमा पुगेको नेप्से सूचक सोमबार पनि १७ अंकले नै बढ्दै २०६३.८३ अंकको विन्दुमा उक्लिएको हो ।
आइतबार ४ अर्ब ४ करोड ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज २ अर्ब ९६ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । आज पनि नबिल बैंक उच्च कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबर गरेको छ । यस्तै, दोस्रोमा हिमालय डिस्टिलरीको १६ करोड ६४ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मुचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् । धौलागिरि लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले आज १०÷१० प्रतिशतले कमाएका छन् भने एनएमबी५० का लगानीकर्ताले ४.८० प्रतिशतले गुमाउन पुगेका छन् ।