काठमाडौं। प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले आज दिउँसो साढे १२ बजे सिंहदरबारमा शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
यही पुस ७ गते राखिएको प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका आले र राईले आज शपथ ग्रहण गर्न लाग्नुभएको हो। आले पारिवारीक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिन शपथ लिन सक्नुभएको थिएन।
सभामुख चयन हुन बाँकी नै रहेकाले उहाँहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउनु हुने छ। पुस ७ गतेको शपथ ग्रहण गर्न छुटेका महिन्द्र राय यादव र रामकुमार राईले भने पुस ८ गते शपथ ग्रहण गर्नुभएको थियो ।