विदेशबाट अतिरिक्त मोबाइल ल्याउँदा नागरिकले भोगेको हैरानीमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण

काठमाडौं। विदेशबाट नेपाल फर्किंदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउँदा नागरिकले हैरानी खेप्नु परेकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ध्यानाकर्षण जनाउनु भएको छ।

विदेशबाट मोबइल बोकेर आएका नेपालीलाई मोबाइलको भन्सार तिर्नेबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

‘त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अतिरिक्त मोबाइल ल्याउँदा भन्सार तिर्न बाध्य पारेको भन्दै सार्वजनिक रुपमा आलोचना बढेसँगै प्रधानमन्त्रीले अयसघि पनि यस्तो निर्देशन दिनुभएको थियो। रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ प्रधामनन्त्री प्रचण्डको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us