काठमाडौं। अर्घाखाँची शीतगंगा नगरपालिका १० बस्ने ६० वर्षीया राधा थापाको हत्यामा संलग्न भएको आरोपमा एक जना २३ वर्षीय सुशान्त सिंह नामका भारतीय नागरिक पक्राउ परेका छन् । भारतको नई पालम बिहार गुडगाँव हरियाणा घर भई अर्घाखाँची शीतगंगा १० बोरखोरमा बस्ने सिंहलाई इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले सिंहलाई शीतगंगाकै मुन्द्रीबासस्थित जंगलबाट प्रकाउ गरेको हो।
राधाको शव आइतबार बिहान शीतगंगा १० कै सिद्धारा बोखोरस्थित जंगलमा टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा राधाले लगाएको सुनका गरगहना लुट्ने योजनाका साथ सिंहले दूध लिन गएकी राधालाई ढुंगा र हँसिया प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले आरोपी सिंहलाई जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप गराई थप अनुसन्धान गरिरहेको छ ।