काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पनि सुरु भएको छ । बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने जनाइएको छ ।
सोमबार पनि करिब ३० जना नेताहरुले आफ्नो धारणा राखेका थिए । सरकारमा सहभागिता हुनेरनहुने र वामपन्थी शक्तिसँग एकताको बारेमा नेताहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । शनिबार र आइतबार बसेको पार्टीको स्थायी कमिटिको बैठकले सरकारमा जाने वा नजाने विषयमा टुंङ्गो लगाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको हो ।