काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सय रूपैयाँले बढेर एक लाख दुई हजार ९ सय रूपैयाँमा कायम भएको छ। तेजावी सुनको मूल्य प्रतितोला एक लाख १ हजार २ हजार ४ सय रूपैयाँ तोकिएको महासंघले जनाएको छ।
साताको चौथो दिन बुधबार सुनको मूल्य बढ्दा चाँदीको घटेको छ। चाँदीको मूल्य बुधबार १० रूपैयाँले घटेर १ हजार ४ सय रूपैयाँ कायम भएको छ।