प्रधानमन्त्री दाहाल र यूरोपेली संघका राजदूत डोप्रेज बिच भेटबार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि यूरोपेली संघका राजदूत नोना डोप्रेजको भेट गरेको छ । राजदूत डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेको थियो ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको थियो । राजदूत डोप्रेजका अनुसार अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल पनि हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us