काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसिटीयूको बैठक सम्पन्न भएको छ । सोमवार काठमाडौं स्थित गार्डेन होम ठमेलमा सम्पन्न भएको छैटौँ राष्ट्रिय कमिटी बैठकले आगामी २०८० बैशाख १८ देखि २० सम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसिटीयूका अध्यक्ष विष्णु लम्सालको अध्यक्षतामा बसेको बैठकले आगामी कार्ययोजना समेत पारित गरेको छ ।