संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डे सचिवमा बढुवा

काठमाडौं । संसद सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डेको सचिवमा बढुवा भएका छन् । बढुवा सिफारिस समितिको सिफारिस अनुसार बुधबार बसेको संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

समितिको अध्यक्ष सभामुख हुने व्यवस्था भए पनि अहिले सभामुख नभएको अवस्थामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले गरेका हुन् । समितिको सदस्यमा उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, महासचिव, प्रतिनिध सभाको सचिव, राष्ट्रिय सभाको सचिव सचिवालय सचिव (संसदीय अध्ययन तथा अनुसन्धान) र सदस्य सचिव सचिवालय सचिव (प्रशासन) रहने व्यवस्था छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताम रहेको सचिव बढुवा सिफारिस समितिले ३ जना सहसचिवको नाम सिफारिस गरेको थियो । जसमा पाण्डेसँगै सहसचिव सुरजकुमार दुरा र मनोजकुमार गिरीको नाम सिफारिस भएको थियो । उनीहरुमध्ये बरिष्ठताका आधारमा पाण्डे सचिवमा बढुवा भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us