पशुपतिमा दर्शनार्थीको भार थेग्न नसक्दा पुलको पर्खाल भत्कियो, २ जना घाइते

पशुपति मन्दिर नजिकै आर्यघाटस्थित बागमती नदीमाथि पुलको पर्खाल भत्किएको छ।

दर्शनार्थीको भार थेग्न नसक्दा मंगलबार साँझ पुलको उत्तरतिरको पर्खाल भत्किएर नदीमा खसेको छ।  पुल भत्किँदा दुई जना बागमती नदीमा खसेको प्रहरीले जनाएको छ।

नदीमा खसेका दुई जनाको उद्धार गरिएको छ। पुलको पर्खाल भत्किएपछि प्रहरीले त्यहाँबाट आवतजावत बन्द गरिएको छ।


मंगलबार महाशिवरात्रि धुमधामका साथ मनाइएको छ। यतिबेला पनि पाशुपत क्षेत्रमा हजारौं भक्तजनहरू उपस्थित भएका छन्। भिड नियन्त्रण गर्न प्रहरीलाई समेत हम्मेहम्मे परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us