आज काठमाडौं यस वर्षकै सबैभन्दा चिसाे

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । आज काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको हो । महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंको हिजो बिहानको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहेकोमा आज बिहान पौने ९ बजे यो वर्षकै सबैभन्दा कम डिग्री सेल्सियस मापन गरिएको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार यस दिन डडेलधुराको न्यूनतम तापक्रम २।९, ताप्लेजुङको ३, वीरेन्द्रनगरको ३।१, घोराहीको ४.३, दिपायलको ४.८, पोखराको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *