काठमाडौं। सेयर बजारको परिसूचक नेप्से १८ अंकले बढेर २१४३ अंकमा पुगेको छ । हिजो बुधबार ६४.७८ अंक बढेको थियो । परिसूचकसँगै कारोबार रकम समेत बढेर ५ अर्ब नाघेको छ ।
दिनभर कुल ५ अर्ब ४ करोड रुपैयाँको कारोबार भयो । यसअघि बुधबार ३ अर्ब ५० करोडको कारोबार भएको थियो । कुल १४७ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो भने ४ को स्थिर रह्यो । ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । चन्द्रागिरि हिल्स, बुद्धभूमि हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सिर्जनशील लघुवित्त, बाराही हाइड्रोपावर, हिमालयन ऊर्जा विकास, इस्टर्न हाइड्रो र हिमालयन हाइड्रोपावरको मूल्य ९।८ देखि १० प्रतिशतसम्म बढ्यो ।
उपसमूहगत रुपमा हेर्दा बैंकिङ ४ र अन्य उपसमूह १३ अंक घटे । अरु सबै बढेका छन् । विकास बैंक ३, फाइनान्स ५०, होटल तथा पर्यटन १७८, जलविद्युत् ४१, लगानी २, जीवन बीमा १३४, उत्पादन १६४, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा १३०, र ब्यापार उपसमूह ५१ अंक बढे । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, रिडी पावर, हिमाल दोलखा हाइड्रो, एनआईसी एसिया बैंक र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।