काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न शुक्रबार सर्वदलीय बैठक बोलाउनुभएको छ । अपरान्ह १ बजे बस्ने बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधि तथा स्वतन्त्र सांसद पनि सहभागी हुने जनाइएको छ ।
सभामुखको निर्वाचनको नहुँदासम्म बैठक सञ्चालन गर्ने प्रक्रिया, सभामुखको निर्वाचन प्रक्रियाका लागि प्रतिनिधिसभाको नियमावली अनुमोदन गर्ने लगायतका विषयमा छलफल हुनेछ । सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ ।